मन नै हो हामी सबको जस्तो पनि पार्न सक्छौ
आफू नचिनेर आफूले नै मार्न सक्छौ
रोगलाई स्वागत गरिराछौ जोखिमहरु नचिनेर
खानाको ख्याल आनापाना अनि नहिडेर
पत्रु खाना पोको पारि बजारमा आएको छ
यहि खानाले भित्र भित्रै हाम्रो मुटु खाएको छ
नगरौ हौ मदिरापान पत्रु खाना चुरोट पनि
व्यायामका साथ आनापाना बाच्नुछ है स्वस्थ बनि
धपाई दिउँ सबै मिलि दीर्घ रोगहरू
सब सबै मिलि हात उठाउ संकल्प नै गरौ अब
रक्सि चुरोट पत्रु खाना अबदेखि खान्न खान्न
दैनिक व्यायाम स्वस्थ खाना गर्छु आनापाना
लेखक:
टेकु माया सिग्देल
सहभागी शिक्षिका
मीन माध्यमिक विद्यालय, तनहुँ
गायिका:
निर्जना शार्की
सहभागी विद्यार्थी , कक्षा ८
जुम्ला