चुरोट खानेको श्वास फेर्ने नलीहरूमा निकोटिन थेग्रोले श्वास लिन गाह्रो, दम र क्यान्सर पिडित हुन्छन्। चुरोटको धुवॉले छेऊमा बस्नेलाई बढ़ी बिषादी हुन्छ। यस्ता वातावरणीय धुम्रपानबाट बार्षिक झन्डै ९ लाख मानिस कलिलै उमेरमा मर्छन्। एक अनुसन्धानले देखाए अनुसार एक पटक मात्र चुरोटको सर्को लिने मध्ये दुई तिहाई भन्दा बढी व्यक्तिहरु दैनिक धुम्रपान गर्ने अम्मली भएको पाईयो । [1]Birge M, Duffy S, Miler JA, Hajek P. What Proportion of People Who Try One Cigarette Become Daily Smokers? A Meta-Analysis of Representative Surveys. Nicotine Tob Res. 2018 Nov 15;20(12):1427-1433. … Continue reading कम्पनीहरुले आफ्नो चुरोट थप रसायन नराखी बनाएको भनेर विज्ञापन गरेपनि त्यहिँ सुर्ती हुन्छ जुन जलेर धेरै विषाक्त निकोटिन र हानिकारक रसायनहरु उत्पन्न हुने गर्छ । त्यस्तै, रेस्टुराँहरुमा सजिसजाउ गरी प्रवर्धन गरिएका हुक्काको धुवाँमा पनि चुरोट सरह नै विषादी तथा लत लगाउने निकोटिन हुन्छ ।
आजै प्रतिबद्धता गरौँ
“म चुरोट खान्न, धुवॉ छेऊमा बस्दिन, म कसैको चुरोट सल्काउदिन”
SAY NO TO TOBACCO
References
↑1 | Birge M, Duffy S, Miler JA, Hajek P. What Proportion of People Who Try One Cigarette Become Daily Smokers? A Meta-Analysis of Representative Surveys. Nicotine Tob Res. 2018 Nov 15;20(12):1427-1433. doi: 10.1093/ntr/ntx243. PMID: 29126298. |
---|